पर्सामा प्रहरी र लागूऔषध तस्करबीच झडप

काठमाडौं । पर्सामा प्रहरी र लागूऔषध तस्करबीच झडप भएको छ ।

बुधवार राति पर्साको ठोरी गाउँपालिकामा जंगल छेउको ओरिया खोलामा प्रहरी र हतियारधारी समूहबीच झडप भएको हो ।

प्रहरीका अनुसार तस्कर समूहले एक राउण्ड फायर गरेपछि पनि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाइएको छ ।

हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट एक थान भरुवा बन्दुक, चार राउण्ड गोली र एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । लागू औषधसहित गाँजा आइरहेको भन्ने सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीलाई देखेपछि उनीहरुले हवाइ फायर गरेका थिए ।

उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?