हेर्नुहोस् २०७७ साल कार्तिक महिनाको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेष राशि हुनेहरुका लागि सूर्य व्यापार भावमा,बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट व्यापार भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म प्रतिस्पर्धा भावमा,शुक्र कार्तिक ०६ गतेसम्म विद्या भावमा र कार्तिक ०७ गतेबाट प्रतिस्पर्धा भावमा । वृहस्पति र शनि भाग्य भावमा । मंगल खर्च भावमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहेका छन् ।

महिनाभर नै व्यापार भावमा गोचर गर्ने कमजोर सूर्यले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार तथा जीवन साथीसँग राय बाजिनेछ । साझेदारी व्यवसायमा लगानी गर्नेहरुका लागि यो महिना साझेदारहरु बीच मनमुटाब बढ्ने योग रहेको छ । घर परिवार, आफ्नो वा आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ ।

दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला । तरपनि अन्य ग्रहको अनुकुल प्रभावले थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यक्ताहरु पुरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । छोटो वा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । शुभ तथा मांगलिक सभा समारोहमा आफन्त तथा साथीहरुसँग सहभागी भई मिठा परिकार खाँदै रमाईलो गफ गरेर महिना कटाउन सकिनेछ । अग्रज तथा आफन्तको आशिर्वादले अगाडि बढ्न प्रोत्साहन गर्नेछ । पढाई लेखाई सुधार भएर जानेछ भने कुनैपनि प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । अग्रज तथा आफन्तबाट आशिर्वाद प्राप्त हुनेछ ।

पैत्रिक काम वा राज्यसँग नजिक भएर गरिने कामबाट मनग्गे लाभ लिन सकिनेछ । कृषि क्षेत्रलाई समय रापेक्ष परिवर्तन गरि आम्दानी बढाउन सकिनेछ । भाग्य भावभा गोचर गर्ने बृहस्पती र शनिको अनुकुल प्रभावले औषधिजन्य,खाद्यान्न र निर्माण सामाग्रीको व्यापारमामा वृद्धि हुनेछ । लामो समयदेखि रोकिएर बसेका कुनै पनि कामहरु सुचारु गर्न सकिनेछ ।

वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वृष राशि हुनेहरुका लागि सूर्य प्रतिस्पर्धा भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट प्रतिस्पर्धा भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म विद्या भावमा,शुक्र कार्तिक ०६ गतेसम्म सुख भावमा र कार्तिक ०७ गतेबाट विद्या भावमा । बृहस्पति र शनि कष्ट भावमा । मंगल लाभ भावमा । राहु राशि भावमा र केतु व्यापार भावमा गोचर गरिहेका छन् ।

वृष राशि भएकाहरुका लागि यो महिना उत्तम रहेको छ । छैटौँ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरु पनि सहयोगि बन्नेछन् । नोकरिमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । मातापिता तथा आफन्तबाट आशिर्वाद पाईनेछ ।

बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने औषधि,खाद्यान्न,निर्माण सामाग्रीको व्यवसाय गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।

पढाई लेखाईमा प्रविधिको प्रयोग गरि अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावा रहेको छ । खनिज पदार्थ,खाद्यान्न, औषधि तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ ।

कमर्श,वकालत, मन्त्रि, प्रशासनिक तथा सरकारि क्षेत्रबाट बिषेश फाईदा हुनेछ । फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासि जीवन व्यतित हुनेछ । तर पनि कष्ट भावमा गोचर गर्ने बृहस्पतिले दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला । शनिको अढैयाको पनि प्रभाव रहने हुनाले श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथनु राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै विद्या भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट बिद्या भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म शुख भावमा,शुक्र कार्तिक ०६ गतेसम्म पराक्रम भावमा र कार्तिक ०७ गतेबाट शुख भावमा । बृहस्पति र शनि व्यापार भावमा । मंगल राय भावमा । राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहेका छन् ।

सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा गरिएको लगानि खस्केर जानेछ । पेट,आँखा तथा टाउकोमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दीर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरुका लागि महिना मध्यम रहेको छ । खर्च भावमा गोचर गर्र्ने राहुले स्वास्थ्यमा मसस्या आई औषधि उपचार खर्च बढेर जानेछ ।

व्यापार भावमा गोचर गर्ने शनिको प्रभावले साझेदारी व्यवासयमा नयाँ लगानी नगर्नुहोला ।
तर पनि महिनाभर नै बुध,शुक्र,मंगल र बृहस्पतिको प्रभाव भने अनुकुल हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा आशिर्वाद पाईनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामति,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ ।

भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पत्ती जोड्न सक्नेछन । उपहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ । अध्ययन तथा कामको शिलशीलामा लामो दुरिको यात्राको तय हुनेछ ।
सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,ब्यापार,हास्य ब्याङ्ग्य कलाकार,लेखक,साहित्यकार,राजदूत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो महिना उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै सुख भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट सुख भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म पराक्रम भावमा,शुक्र कार्तिक ०६ गतेसम्म धन भावमा र कार्तिक ०७ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि प्रतिस्पर्धा भावमा । मंगल भाग्य भावमा । राहु लाभ भावमा र केतु विद्या भावमा गोचर गरिहेका छन् ।

सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मिहेनत गर्नुपर्ने भएकोले राजनीतिकर्मि,समाजसेवी तथा घर जग्गाको कारोबार गर्ने व्यापारीहरुका लागि समय मध्ययम रहेकोछ । आफ्नो वा आमाको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । विद्या भावमा गोचर गर्ने राहुले धार्मिक तथा शैक्षिक यात्रा रोकिन सक्छ ।

महिनाभर नै बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । प्राकृतिक स्रोत र पैत्रिक धन तथा सम्पत्तीको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुका लागि मनग्गे धन सम्पत्ती जोड्न सकिने समय रहेको छ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित कारोबार केही मात्रामा फस्टाएर जानेछ ।

प्रतिस्पर्धा भावमा बृहस्पती र शनिको गोचर शुभ रहने हुनाले औषधीजन्य तथा खाद्यान्न र निर्माण सामाग्रीसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा उल्लेख्य वृद्धि हुनेछ । मातापिता तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।

पानीसँग सम्बन्धित काम जस्तै जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा यो महिना काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै पराक्रम भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट पराक्रम भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म धन भावमा,शुक्र कार्तिक ०६ गतेसम्म राशि भावमा र कार्तिक ०७ गतेबाट धन भावमा । बृहस्पति र शनि बिद्या भावमा । मंगल कष्ट भावमा । राहु शुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् ।
सिंह राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ ।

खेलाडी तथा पराक्रमि क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पति संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । आफन्त तथा अग्रजबाट आशिर्वाद प्राप्त हुनेछ ।

विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ ।

माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । बिद्या भावमा गोचर गर्ने बृहस्पती र शनिको शुभ प्रभावले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । तर पनि सुख भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने मंगलको प्रतिकुल प्रभावले सवारी साधन तथा माटोसम्बन्धी काम गर्दा ख्याल गर्नुहोला रुपैया पैसा डुब्ने र सवारि साधनको प्रयोग गर्दा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रशासनिक कार्य,सेना,प्रहरी,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, व्यवस्थापन,मेडिकल,राजनिति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा यो महिना राम्रो प्रगति हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै धन भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट धन भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म राशि भावमा,शुक्र कार्तिक ०६ गतेसम्म खर्च भावमा र कार्तिक ०७ गतेबाट राशि भावमा । बृहस्पति र शनि सुख भावमा । मंगल व्यापार भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् ।
दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई पहिचान गर्न

नसस्दा उपलब्धी हातबाट फुत्किनेछ । धनसम्पति हराउने,लुटिने तथा स्थाई सम्पत्तीमा बिवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट तथा छाती सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा मन्दि आउनेछ । महिनाभर नै शनिको अढैयाको प्रभाव रहनेछ, जसको कारण आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आउनेछ । घरजग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला । आर्थीक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । तर पनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ ।

न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस,अधिवक्ता तथा नोकरिमा प्रतिस्पर्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक बस्तु तथा सवारि साधनको कारोबार फस्टाएर जानेछ । बृहस्पती तथा शनिको प्रभावले उत्पादनमुखि तथा औषधिजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ । माया प्रेममा मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

व्यापार व्यवसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या रासि भएका व्यक्तिहरुले आफुलाई स्थापित गर्दछन् । साथै कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसायमा सफल हुने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै राशिमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट राशि भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म खर्च भावमा,शुक्र कार्तिक ०६ गतेसम्म लाभ भावमा र कार्तिक ०७ गतेबाट खर्च भावमा । बृहस्पति र शनि पराक्रम भावमा । मंगल प्रतिस्पर्धा भावमा । राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिहेका छन् ।

यो महिना खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरुसँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

स्वास्थ्यमा बिशेष गरि उच्च रक्तचाप,टाउको दुखाई,छात्ती,आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न । आम्दानि र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तर पनि अन्य ग्रहको अनुकुल प्रभावले परराष्ट्र तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ ।

धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ । माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ । पराक्रम भावमा गोचर गर्ने शनि तथा बृहस्पतिको अनुकुल प्रभावले खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिई आम्दानी बढाउन सकिनेछ । औषधि,निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा वृद्धि हुनेछ ।

कूटननीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोल बिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिने सयम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै खर्च भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट खर्च भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म लाभ भावमा,शुक्र कार्तिक ०६ गतेसम्म राज्य भावमा र कार्तिक ०७ गतेबाट लाभ भावमा । बृहस्पति र शनि धन भावमा । मंगल बिद्या भावमा । राहु व्यापार भावमा र केतु राशि भावमा गोचर गरिहेका छन् ।

व्यवहारिक तथा आर्थिक उतारचडाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले आम्दानिको तुलानामा खर्च अधिक हुने हुँदा दैनिकी नराम्ररी गरि प्रभावित हुनेछ । राज्यको नजिक रहि कामगर्नेहरुले काममा ढिला सुस्ति तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिुर्नु पर्ने हुन सक्छ भने राज्यको नुन खाएकाहरुले नियम संगत काम गर्न नसक्दा नोकरिमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला ।

महिनाभर नै शनिका साढेसातिको प्रभाव रहने छ, जसको कारणले व्यापार व्यावसायमा मन्दि आउने तथा रुपैया पैसा फस्ने योग रहेको छ । शरीरमा आलस्य तथा थकान महशुस हुनेछ । आफन्त तथा कुटुम्बसँग घरायसि कुरामा राय बाजिनेछ । आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । तर पनि बुध,बृहस्पती,मंगल तथा शुक्रका अनुकुल प्रभावले लामो समयदेखि बन्द रहेका उद्योगहरु रुचारु गर्न सकिनेछ । आफन्त तथा अग्रबाट आशिर्वाद प्राप्त हुनेछ ।

सवारी साधनको कारोबारबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । विद्यार्थी तथा शिक्षा पेशामा लागेका व्यक्तिहरुका लागि समय लाभदायी बन्नेछ । यात्रा हुनेछ भने विदेशमा बसेर समय लगानि गर्नेहरुका लागि समम फलदायि रहनेछ । विदेशी सामानको व्यापार गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीजन साथिको सहयोगले राम्रा तथा परिणाममखि कार्य सकिनेछ ।

जो व्यक्तिहरु कवि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर,आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान तथा समुन्द्रसँग सम्बन्धित काम गर्नेहरुका लागि यो महिना उत्तम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै लाभ भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट लाभ भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म राज्य भावमा,शुक्र कार्तिक ०६ गतेसम्म भाग्य भावमा र कार्तिक ०७ गतेबाट राज्य भावमा । बृहस्पति र शनि राशि भावमा । मंगल सुख भावमा । राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहेका छन् ।

महिनाभर लाभ भावमा गोचर गर्ने सूर्य र अन्य ग्रहको अनुकुल प्रभाव रहनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीतिकर्मि,खेलाडी,पत्रकार तथा बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ ।

नोकरि पाउने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । अग्रज तथा आफन्तबाट तपाईँको काममा सहयोग तथा आशिर्वाद पाईनेछ ।

व्यापार व्यवसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,तरल पदार्थको कारोबारबाट मनग्गे धन सम्पत्ती आर्जन गर्न सकिनेछ । आकस्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेको छ ।

तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ती लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुबै कमाउन सकिनेछ ।

माया प्रेममा नजिक हुन सकिने तथा जीजन साथिको सहयोगले राम्रा तथा परिणाममखि कार्य सकिनेछ । शुक्र र बुधको अनुकुल प्रभावले लेखन कला तथा साहित्य क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
तर पनि शनिको आद्य साढेसातीको प्रभावले आफन्त तथा कुटुम्बसँग सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।

तर पनि प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागि यो महिना राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै राज्य भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट राज्य भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म भाग्य भावमा,शुक्र कार्तिक ०६ गतेसम्म कष्ट भावमा र कार्तिक ०७ गतेबाट भाग्य भावमा । बृहस्पती र शनि खर्च भावमा । मंगल पराक्रम भावमा । राहु बिद्या भावमा र केतु लाभ भावमा गोचर गरिहेका छन् ।

महिनाभर राज्य भावमा गोचर गर्ने सूर्यले राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले उच्च पद पाउने गतिलो योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नीति निर्माण तहमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ भने यो महिना गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । नोकरी पाउने तथा पदोन्नतीको गतिलो योग रहेको छ ।

पढाई लेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने राजनीति शास्त्र अध्ययन गर्नेहरुका लागि समय राम्रो रहेको छ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ । कला साहित्य तथा गीत संगीतमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

व्यापार व्यवसायमा समय लगानी गर्ने व्यापारीहरुका लागि समय उत्तम रहेको छ । पराक्रमी क्रियाकलापमा भाग लिनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । मातापिता तथा अग्रबाट आशिर्वाद तथा सहयोग पाईनेछ । तर पनि शनिको आध्य शाढेसातीको प्रभाव रहने हुनाले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरिरमा आलश्य तथा अल्छीपना बढेर जानेछ । नशा,प्यारालाईशिस,ग्याष्ट्रिक तथा दीर्घ रोगीहरुले बिषेश ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्ने योग रहेको छ ।

मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा वित्तिय संस्था जस्ता क्षेत्रमा काम गर्नेहरुले सफलता प्राप्त गर्नेछन् । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष, न्याधिस, ईन्जिनियर, व्यवस्थापक,वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा रही काम गर्नेहरुका लागि यो महिना केही शुभ रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै भाग्य भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट भाग्य भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म कष्ट भावमा,शुक्र कार्तिक ०६ गतेसम्म व्यापार भावमा र कार्तिक ०७ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि लाभ भावमा । मंगल धन भावमा । राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहेका छन् ।

भाग्य भावमा महिनाभर नै गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावको कारणले घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दि आउनेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ ।

दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला ।तर पनि संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि राज्यबाट पद प्राप्तीको योग रहेको छ । सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुँदा मन प्रशन्न हुनेछ ।

बुध तथा शुक्र तथा अन्य ग्रहको अनुकुल प्रभावले गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि महिना मिश्रित रहेको छ । आफन्त तथा दाजुभाईको सहयोग रहनेछ भने छोटो दुरिको रमाईलो यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

यो महिना सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रविधि,रिसर्च,प्राविधिक काममा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहनेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह,भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि पनि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मीन राशि हुनेहरुका लागि सूर्य महिनाभरि नै कष्ट भावमा, बुध कार्तिक ०९ गतेसम्म र कार्तिक १७ गतेबाट कष्ट भावमा र कार्तिक १० गतेबाट १६ गतेसम्म व्यापार भावमा,शुक्र कार्तिक ०६ गतेसम्म प्रतिस्पर्धा भावमा र कार्तिक ०७ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि राज्य भावमा । मंगल राशि भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहेका छन् ।

महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा समाजसेवामा तपाईको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाईनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दिदि बहिनी तथा आफन्तसँग अनावश्यक बिवाद हुनेछ । घर परिवारका आफन्तको स्वास्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । श्वासप्रश्वास,आँखा,टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले बिषेश ख्याल गर्नुहोला । तर पनि बृहस्पती,शनि तथा अरु ग्रहको अनुकुल प्रभाव रहनाले व्यापार व्यावसाय फस्टाएर जानेछ । मिहेनत गर्दा पढाई लेखाईमा नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पति प्राप्त हुनेछ । प्र्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्तीको प्रयोग गरिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन,बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ लिन सकिनेछ ।

लेखन, साहित्य,कविता,कला तथा साहित्य, मनोरञ्जन, हास्यविधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गरि नाम कमाउने समय रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?