हरियो खुर्सानी कत्तिको खानुहुन्छ ? हेर्नुहोस् यसका फाइदाहरु

काठमाडौं – पिरो प्रायः सबैलाई मन पर्छ । अझ पिरो अमिलो भनेपछि अधिकाशं महिलाहरु हुरुक्कै हुन्छन् । धेरैको मुखमा पानी नै आउने गर्छ । तर पिरो अत्याधिक खानेहरु होसीयार चाहिँ हुनुपर्छ । पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँग अन्य लाभसमेत उठाउन सकिन्छ । यसका फाइदा के के छन् ?
१. हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी सी,आइरन,पोटासियम,कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।

२. हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्र्दयका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत हटाउने गर्छ ।

३. हरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकालाई स्वस्थ्य रहन मद्धत गर्छ ।

४. प्रत्येक व्यक्तिको रक्तसञ्चार फरकफरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरिरमा पोषक तत्व,अक्सिजन,हार्मोनआदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्धत गर्छ ।

५. हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर,यसका लागि सिमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।

६. हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्राय ः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपुर्ति हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?