नयाँ अर्थमन्त्रीको आवागमनमा झिनो अंकले बढ्यो शेयर बजार, डेढ अर्बको पनि हुन सकेन कारोबार

काठमाडौं । बिहीवार शेयर बजार झिनो अंकले उकालो लागेको छ ।

विगत एक महिना भन्दा बढी समयदेखि रिक्त रहेको अर्थमन्त्रीको पदमा बुधबार विष्णु पौडेलको पदभारले शेयरबजार कस्तो होला भन्नेमा धेरैको चासो रहेको थियो ।

नेप्सेले १८८१को ऐतिहासिक बिन्दु पार गर्दा पौडेलले नै अर्थमन्त्री रहेका थिए । पौडेलको अर्थ मन्त्रालयको पदभारलाई विशेष महत्वका साथ हेरिएको थियो । तर नवनियुक्त अर्थमन्त्रीले बिहीवार सपथ लिएकै दिनमा शेयरबजारमा भने खासै उत्साह देखिएन् ।

नेप्से परिसुचक १.२९ अंकले उकालो लाग्दा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि ०.३३ अंकले उकालो लागेको छ ।

०.०८ प्रतिशतले उकालो लागेको बजारमा ७ उप समुहका परिसुचक घटेका छन् भने ५ समुहका परिसुचक मात्र वृद्धि भएका छन् । बिहिबार समुहगत परिसुचकमध्य घटबढहुने सम्पूर्ण समुहका परिसुचक १ प्रतिशत भन्दा पनि थोरैले घटबढ भएका छन् ।

साताको अन्तीम कारोबार दिन नेपाल पूर्नबिमा कम्पनी लिमिटेडको सर्वाधिक ७ करोड ४० लाख ८४ हजार २ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ भने दोस्रोमा शिभम् सिमेन्टको ६ करोड ८४ लाख ९१ हजार ५ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ४० हजार ४ सय २१ कित्ता शेयरको खरिदविक्रि भएको छ । त्यस्तै कारोबार संख्याका आधारमा भने रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक १ हजार २ सय ३ पटक काराृेबार भएको छ ।

साताको अन्तीम कारोबार दिन बिहिबार १ सय ९६ कम्पनीको २घ हजार ८९ पटकको कारोबारमा ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ रुपैयाँ १८ पैसा बराबरको कारोबार भएको छ ।

बिहिबार कारोबारमा आएका कम्पनी मध्य ६६ कम्पनीको शेयरमूल्य उकालो लाग्दा ८० कम्पनीको शेयरमूल्य ओरालो लागेको छ बाँकि २३ कम्पनीको शेयरमूल्य भने स्थीर रहको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?