अब काम गर्न नथाले बाइक बेच्नुपर्छ : आदित्य नारायण झा

काठमाडौं । कोरोना भाइरसले अहिले आम नागरिकदेखि सेलिब्रेटीहरुको जीवन केहि परिवर्तन भएको छ । कोरोना कालमा केहि मानिस आर्थिक संकटले हैरान भएका छन् ।

यसैबीच चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायण झा पनि यसै समस्याबाट ग्रस्त छन् ।

एक अन्तर्वार्तामा आदित्यले लकडाउनले जिन्दगीमा गहिरो प्रभाव पारेको बताएका छन् ।

उनको स्थिती यति खराब भएको छ कि, अब ब्यांकरप्ट हुन लागेको छ ।

उनले भने, ‘मैले एक वर्षसम्म काम नगर्ने सोचेको थिएँ, तर लकडाउनले सबै प्लान चौपट पार्यो, अब पनि काम गर्न नपाए बाइकसहित घरका अन्य सामान पनि बेच्नुपर्ने अवस्था हुन्छ होला ।’

उनले अकाउण्टमा अब जम्मा भारतीय १८ हजार रुपैयाँ बाँकी रहेको बताएका छन् ।

उनले केहि दिन अगाडि मात्रै प्रेमीका तथा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्ने बताएका थिए ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?