रुसले कोरोनाविरुद्धको दोश्रो भ्याक्सीन बनाएको राष्ट्रपति पुटिनको दाबी, प्रयोग गर्न लाइसेन्स दिइयो !

काठमाडौं । रुसले कोरोनाविरुद्धको दोश्रो भ्याक्सीनलाई शुरुवाती स्तरमा प्रयो गर्र्न स्विकृति दिएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार यसको पुष्टि गरेका हुन् । भ्याक्सीनको टीका साइबेरियामा वेक्टर संस्थानद्वारा विकसित गरिँदै छ ।

यो भ्याक्सीनले बितेको महिनामा प्रारम्भिक चरणको मानव परीक्षण पूरा गरेको हो । यसको रिजल्ट भने हालसम्म प्रकाशित गरिएको छैन ।

हालसम्म तेश्रो चरणको परीक्षण पनि शुरु भएको छैन । पुटिनले भने, पहिलो र दोश्रो भ्याक्सीनको उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् ।

पेप्टाइडमा आधारित एपीभ्याककोरोना नाम गरेको यो भ्याक्सीन रुसमा उपयोगका लागि लाइसेन्स प्राप्त गर्ने दोश्रो औषधि हो ।

यसको परीक्षण १८ देखि ६० वर्ष उमेरका भ्यालेन्टियर्समा नोबोसिबिर्स्क शहरमा भएको थियो । यो भन्दा अगाडि मस्कोको गामालेया संस्थानद्वारा विकसित भ्याक्सीन स्पुतनिक भी लाई ११ अगस्टमा उपयोगका लागि लाइसेन्स दिइएको थियो ।

त्यसबेला राष्ट्रपति पुटिनले भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?