भाका नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न अब २ दिन बाँकी

काठमाडौं । एन आई सी एशिया बैंकले भाका नाघेका ग्राहक तथा ऋणीहरुका लागि ल्याएको छुटको योजनाबाट फाईदा लिने समय लगभग सकिएको छ ।

बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

उक्त योजनामा सहभागी हुन अब मात्र २ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान गरेको छ ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब रुपैयाँ बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेका छन् ।

हाल बैंकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएका बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?