एक लाख म्याट्रिक टन अक्सिजन किन्दै भारत

काठमाडौं । कोरोना भाइरसको दोश्रो लहरबाट बच्न भारतले तयारी थालेको छ ।

जाडो महिनामा कोरोना संक्रमण तीव्र रुपले फैलिने वैज्ञानिकको चेतावनीसँगै भारत सरकारले एक लाख म्याट्रिक टन अक्सीजन किन्ने भएको हो ।

यसलाई लिएर भारतले बुधवार एक टेन्डर पनि जारी गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार १० अक्टोबरमा क्याबिनेटमा यस्तो निर्णय भएको बताइएको छ ।

अहिले भारतमा अक्सिजन पर्र्याप्त भएको बताउँदै सरकारले जाडो महिनाका लागि थप तयारी थालेको हो ।

अहिले भारतमा दिनमा ७ हजार म्याट्रिक टन अक्सीजन उत्पादन गर्ने क्षमता रहेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ भने ७३ लाख ७ हजार ९७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६३ लाख ८३ हजार ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख १२ हजार ३४५ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?