१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४० वर्षीय दिपेश देवकोटा रहेका छन् । नागार्जुन नगरपालिका(४ सितापाईला बस्दै आएका देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरि त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?