सपथ ग्रहण लगत्तै बिष्णु पौडेलले सम्हाले अर्थमन्त्रीको पदभार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् ।

राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ ग्रहण पश्चात अर्थ मन्त्रालयमा पुगी पौडेलले पदभार ग्रहण गरेका हुन् ।

बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा देशको ३३ औँ अर्थमन्त्रीको रुपमा नियुक्त भएका हुन् । तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले राजिनामा दिएसँगै खाली रहेको मन्त्रालयले बुधवार पूर्णता पाएको हो ।

दोस्रो पटक अर्थमन्त्रीको पदभार सम्हालेका पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

यो पनि
बिष्णु पौडेल : पहिले विवादमा, अहिले अर्थ मन्त्रालयमा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?