क्लिन फिड जुनसुकै अवस्थामा पनि कार्तिक ७ गते देखि लागू गरिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्तिक ७ गते देखि विदेशी च्यानलहरुमा क्लिन फिड हुनै पर्ने बताएको छ ।

बुधवार प्रेस विज्ञप्ती मार्फत सञ्चार तथा सूचना मन्त्रालयले कार्तिक ७ सम्म अनिवार्य क्लिन फिड लागू हुनु पर्ने बताएको छ ।

नेपाल सरकारको ऐन अनुरुप गरिएको निर्णय प्रति कसैले यो स्वीकार नगरे कानून बमोजिम सजायको भागिदार हुनु पर्ने समेत उल्लेख गरिएको छ ।

क्लिन फिड लागू भए पश्चात् विदेशी च्यानलहरु विज्ञापनरहित बजाउन पर्ने हुन्छ । नेपाल सरकारले २०७५ कार्तिक ८ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा सेवा प्रदायकलाई १ वर्ष भित्रमा क्लिन फिड लागू गर्न निर्देशन दिएको थियो ।

ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरेर प्रसारण सम्झौता भईसकेको संघ संस्थालाई ध्यानमा राखेर १ वर्ष अर्थात आउँदो कार्तिक ७ गतेसम्मको लगि लम्बाइएको थियो ।

ऐनमै व्यवस्था भएकोले यसको मिति लम्बाउन मन्त्रालयसँग कुनै आधार छैन् । यो लागु भए पश्चात् नेपालमा प्रसारणहुने विदेशी च्यानल घट्ने छन् । अव्यवस्थीत प्रसारण नियन्त्रणमा आउनु साथै नेपाली सञ्चार माध्यमहरुलाई ठूलो राहात पनि हुनेछ ।

नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरुले भारतमै विज्ञापन दिँदा नेपालको विज्ञापन व्यवसायको स्तर अत्यन्तै तल रहेको थियो । अब उक्त व्यवस्था पछि केहि समयमै करिब २० अर्ब रुपैयाँको विज्ञापन बजार हुने प्रक्षेपण गरिएको छ ।

सञ्चार मन्त्रालयका अनुसार क्लिन फिड लागू गर्नाले देशको अम्दानी बढ्नुका साथै स्वदेशी कलाकार र सेलिब्रेटीहरुको माग बढ्न जान्छ जसले मिडिया उद्योग फस्टाउन ठूलो भूमीमा खेल्ने मन्त्रालयले जनाएको छ ।

अहिले अर्बौं रुपैयाँको विज्ञापन प्रसारण गर्दा नेपाल सरकारलाई वार्षिक ७ लाख रुपैयाँमात्र तिर्ने गरेका छन् ।

क्लिन फिड लागु भएसँगै विदेशी च्यनलको मोह हराउँदै जाँदा नेपाली च्यानलहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने देखिन्छन् । साथै देशको आर्थिक गतिविधि झन् फस्टाउँदै जाने पनि विश्वास गरिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?