काठमाडौं । अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । अब राष्ट्रपतिका लागि चुनाव आउन केहि दिन मात्र बाँकी छ ।
यस बेला दुबै प्रतिद्वन्दीहरु र्यालीमा सहधागी बनिरहेका छन् र मतदाताहरुलाई आफ्नो पक्षमा भोट हाल्न र्यालीमा विभिन्न तरीकाहरु अपनाईरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि र्यालीमा एक अनौठो तरिका अपनाएका छन् । ट्रम्पको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कोरोना संक्रमण मुक्त भएपछि उनले ओरल्याण्डको स्याण्डफोर्डमा एक विशाल चुनावी र्यालीलाई सम्बोधन गरेका थिए ।
जसमा सम्बोधन गर्दै उनले भने, ‘कोरोना संक्रमण मुक्त भएपछि म अब पहिलाको भन्दा धेरै पावरफुल भएको महशुस गरिरहेको छु ।’
स्याण्डफोर्डको र्यालीमा भीड देखेर ट्रम्प खुशीले गद्गद भएका थिए । उनको डान्स देखेर र्यालीमा सहभागी बनेकाहरु रोमाञ्चित भएका थिए ।
उनको यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
My POTUS ❤️ @realDonaldTrump pic.twitter.com/YQOMRt5bbO
— Ryann McEnany (@RyannMcEnany) October 13, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया