राजतन्त्रविरोधी प्रदर्शन चर्किंदै गएपछि थाइल्याण्डमा संकटकाल घोषणा

काठमाडौं । राजतन्त्रविरोधी प्रदर्शन चर्किंदै गएपछि थाइल्याण्ड सरकारले राजधानी बैंककमा संकटकालको घोषणा गरेको छ ।

सरकारविरुद्ध भईरहेका विशाल जन प्रदर्शन रोक्न तथा ठूलो संख्यामा सार्वजनिक स्थलमा हुने भेला माथि प्रतिबन्ध लगाउन संकटकाल घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सरकारले पाँच वा सोभन्दा बढी व्यक्तिहरू एकैठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ, साथै भ्रम फैलाउने र राष्ट्रिय सुरक्षालाई असर पार्ने समाचार वा अनलाइन सूचना प्रकाशन गर्ने काममा पनि रोक लगाएको छ ।

आज बिहान भएको प्रदर्शनका क्रममा २० जना भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (बुधवार) एक वृहत जुलूसमा प्रदर्शनकारीहरूले लोकतान्त्रिक सुधार ल्याउन र शक्तिशाली राजतन्त्र पनि सुध्रिनुपर्ने माग राखेका थिए ।

कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा थाइल्याण्डमा अझै पनि कायमै रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?