कोरोनासँगै नजिकीएको दशैँ : ‘सपिङ’ गर्न ग्राहक नआउँदा कुरेको कुर्‍यै भृकुटीमण्डपका व्यापारी !

काठमाडौं । काठमाडौं लगायत देशका मुख्य – मुख्य शहरहरुमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो रुपमा छ । सरकारले कोरोना नियन्त्रण गर्नका निमित्त लकडाउन (निषेधाज्ञा) पनि गर्‍यो । तर कोरोना संक्रमित दैनिक हजारौँको संख्यामा बढिरहेका छन् ।

हाल नेपालमा १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ८० हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै कोरोना भाइरसका कारण ६ सय ७५ जनाले ज्यान गुमाएका छन् । (यो समाग्री तयार पार्दासम्म)

कोरोना महामारीकैबीच दशैँ नजिकिँदै छ । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक भन्दा अरु कामले घरबाट बाहिर ननिस्कन आग्रह गर्दै आइरहेको छ ।

मानिसहरुको धेरै चहलपहल हुने भृकुटीमण्डपको बजार २७ गते बाट खुलेको छ । चाडपर्वमा मात्र नभई सधैजसो भिडभाड हुने भृकुटीमण्डपको बजारमा यसपाली चाडपर्वसँगै कोरोनाको भयावह पनि मिश्रीत छ । व्यापारीहरु डराई-डराई  सामान फुकाउछन् ।

मध्यम र निम्न वर्गीय ग्राहकहरुलाई लक्षित भृकुटीमण्डपको बजारभित्र कपडा, जुता, ब्याग, कस्मेटिक पसलहरुका स्टल छन् ।

भृकुटीमण्डपमा दशैँको किनमेलका लागि एक महिना अघिदेखि ग्राहकहरु आउने गर्थे ।

चाडबाडको बेलामा उपत्यका बाहिर जानेहरुले पनि केडी सातादेखि नै सामान किन्ने गर्दथे तर कोरोनाका कारण अहिले कुनै दिन बोहनी पनि नहुने व्यापारीहरु सुनाउँछन् ।

सधैजसो दशैँको समयमा मानिसहरुको भिड हुने र व्यापार पनि राम्रो हुने भृकुटीमण्डपका व्यापारीहरु यसपालि दशैँको माहोल आइसक्दा पनि ‘बोनी’ गर्न पाइयो भने पनि चित्त बुझाउनपर्ने अवस्थामा रहेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?