काठमाडौंको नयाँ बजारमा ग्यास विस्फोट, मानवीय क्षतिको आशंका

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बजारको फलफुल चोकको एक घरमा ग्यास विस्फोट भएको छ ।

विष्फोटबाट आगलागी समेत भएको छ ।

आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मानवीय क्षतिको समेत आशंका गरिएको छ ।

उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घटना किन र कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?