काठमाडौं । आईपीएलको सीजन १३ को ३० औँ म्याच ब्याटिङ, बलिङ र फिल्डिङ तिनै विधामा उत्कृष्ट रह्यो ।
म्याचमा दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर एनरिच नोतर्जेले सीजनकै सबैभन्दा तीव्र गतिमा (१५६ं२) किमी प्रतिघण्टाको रफ्तारमा बलिङ गरे ।
त्यस्तै राजस्थान रोयल्सका सञ्जू स्यामसनले हालसम्म यो सीजनमै सबैभन्दा धेरै १८ छक्का प्रहार गरेका छन् ।
म्याचमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको छ ।
खेलमा बेन स्टोक्स, अंज्क्यि रहाणेले बाउन्ड्रीमा बल क्याच दिन र छक्का रोक्न उत्कृष्ट प्रयाश गरेका थिए ।
खेलमा शिखर धवन र श्रेयस अय्यरले शानदार अर्धशतक प्रहार गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया