धुलिखेल, ३ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमा रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताएका छन् ।आज काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गरे ।उनले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई विध्वंशको माध्यम नबनाउन सञ्चार जगतलाई आग्रह गरे ।राज्यमन्त्री बाँस्कोटाले पत्रकारितामा भएको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय राज्यका विभिन्न वैधानिक निकाय, नेपाल पत्रकार महासंघ, सञ्चारविज्ञ र विभिन्न संघ÷संस्थासँग समन्वय गरेर काम गर्ने बताए ।उनले सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीबीचको पारिश्रमिकको विषयमा उठेको मुद्दालाई समाधान गरी नेपाली प्रेसलाई मर्यादित बनाइने प्रतिबद्धता व्यक्त गरे ।यसैबीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटलाई नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले राज्यमन्त्री भएकोमा स्वागत तथा बधाई कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै उनले अहिलेको वाम गठबन्धनको सरकारलाई गफ गर्ने समय नभएकाले काम गरेर देखाउने बताए । उनले निर्वाचनका बेला गरेका संकल्पित योजनालाई पाँच वर्षभित्रमा गरेर देखाउनुपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने र सरकारलाई पनि काम गर्ने वातावरण बनाइ दिएर सहयोग गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया