काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
वरिष्ठ नेता खनाल बुधवार साँझ उच्च रक्तचापसहित स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।
उनी निकट स्रोतका अनुसार बिहीवार बिहानैदेखि क्रमिक सुधार आएको सम्भवत भोलीसम्म डिस्चार्ज हुने उनी निकट स्रोेतले लोकपथलाई जानकारी दिएको छ ।
स्रोतका अनुसार उनमा स्वास्थ्य सम्बन्धी समस्या आएका कारण पीसीआर परीक्षण समेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । साथै वरिष्ठ नेता खनालले हेम्स अस्पतालले राम्रोसँग निदान गरेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको प्रतिकृया समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया