काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
बुधवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिहरुको नियुक्ती साथै हेरफेर गरेकी हुन् ।
जस अनुसार रिक्त रहेको अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ र सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त सञ्चार मन्त्री यस अघि महिला तथा बालबालिका मन्त्री रहेका थिए ।
तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकाल सकिएपछि राजिनामा दिएसँगै अर्थमन्त्री पद खाली रहेको थियो । बुधवारको मन्त्रिपरिषद् बैठकले पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।
त्यस्तै तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको एक अडियो टेप बाहिरिएपछि राजिनामा दिएसँगै खाली रहेको सञ्चार मन्त्रालयमा महिला तथा बालबालिका मन्त्री गुरुङको जिम्मेवारीमा हेरफेर गरिएको हो ।
भने हालको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै तत्कालिन सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पदमुक्त भएसँगै खाली भएको मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।
त्यस्तै उपप्रधानसहित रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । भने रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री नै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया