कप्तान रोनाल्डो बिना नै पोर्चुगलको शानदार जित, स्विडेन रेलिगेशनमा

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले शानदार जित हात पारेको छ ।  बुधवार राति भएको खेलमा पोर्चुगलले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले स्विडेनमाथि शानदार जित दर्ता गर्‍यो । कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो एकान्तवासमा गएका छन् । पोर्चुगल आफ्ना कप्तान बिना मैदान उत्रिएको थियो ।

Portugal vs. Sweden - Match Report - October 14, 2020 | La Pelotita

पोर्चुगलको जितमा बर्नार्डो सिल्भा र डिएगो जोटाले गोल गरे । खेलको २१ औं मिनेटमा जोटाको पास सदुपयोग गर्दै सिल्भाले पोर्चुगललाई अघि बढाएका थिए ।

पहिलो हाफको एक मिनेट अघि जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए । विलियन कार्भाल्होको पासलाई सदुपयोग गर्दै जोटाले पोर्चुगललाई ३–० को अग्रता दिलाएका थिए ।

Portugal’s forward Cristiano Ronaldo (R) is congratulated by teammates after scoring his third goal during the Russia 2018 World Cup Group B football match between Portugal and Spain at the Fisht Stadium in Sochi on June 15, 2018. / AFP PHOTO / Adrian DENNIS / RESTRICTED TO EDITORIAL USE – NO MOBILE PUSH ALERTS/DOWNLOADSADRIAN DENNIS/AFP/Getty Images

अपराजित रहदै पोर्चुगल समूह ए थ्री को शीर्ष स्थानमा रहँदै १० अंक जोडेको छ । स्विडेन अंक विहिन हुने रेलिगेशनमा पर्ने निश्चित बनेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?