काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरालाई कोरोना संक्रमण भएको छ ।
ट्रम्पका १४ वर्षीया छोरा ब्यारन ट्रम्पलाई कोरोना संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ब्यारनमा भने कुनै लक्षण नभएको बताइएको छ । यस अगाडि राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रपति ट्रम्प कोरोना संक्रमण भएको २२ औँ दिनमा संक्रमण मुक्त भएका थिए । ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि कोरोना संक्रमण भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया