सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ ।
कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना बितिसक्दा पनि हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक साताअघि आधा दर्जन विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छैन ।
कोभिड संक्रमण बढ्दै गएको अवस्थामा केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्था नभएकाले शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत नभएको स्रोतको दाबी छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया