काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । आज थपिएका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण भने बिहीवार बिहान साढे ११ बजेका लागि तय भएको छ। बिहीवार राष्ट्रपति कार्यालयमा शपथग्रहण समारोह हुनेछ।
ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी महासचिव समेत रहेका विष्णु पौडेललाई दिएका छन्।
सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया