कोरोना अपडेट : काठमाडौं उपत्यकामा १ हजार ४०३ सहित देशभर थपिए २ हजार ६३८ जना कोरोना संक्रमित (विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ८०, प्रदेश नम्बर २ मा ८ सय ३१, बागमती प्रदेशमा ९ हजार ५ सय ५६ र गण्डकी प्रदेशमा ६ सय ५५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा २ सय ४८ जना गरी देशभरी १४ हजार ८ सय १९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा , प्रदेश नम्बर १ मा २ हजार ७ सय ९५, प्रदेश नम्बर २ मा ५ सय ७२, बागमती प्रदेशमा १४ हजार १५ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार ९७, कर्णाली प्रदेशमा ५ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ६ सय २९ गरी देशभरी २१ हजार ५ सय ४८ जना रहेका छन ।

आज २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ९ सय ९२, प्रदेश नम्बर २ मा १५ हजार १ सय ३३, बागमती प्रदेशमा ३२ हजार १ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा ११ हजार १ सय ६, कर्णाली प्रदेशमा ३ हजार ५ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ८० जना गरी देशभरी ८० हजार ९ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।

सरकारले कोरोना विमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उनले बताए ।

वाग्मती प्रदेशमा मात्रै ३२ हजार बढी कोरोना संक्रमण मुक्त, अन्य प्रदेशमा कति ? (विवरणसहित)

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ९४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ९५६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ६९९२ जना

प्रदेश २ मा १५१३३ जना

वाग्मती प्रदेश ३२१२७ जना

गण्डकी प्रदेशमा ४३८० जना

प्रदेश ५ मा १११०६ जना

कर्णाली प्रदेशमा ३५३६ जना

सुदूरपश्चिम प्रदेशमा ७६८० जना

 

५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ११ जिल्ला

  • काठमाडौं
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • ललितपुर
  • भक्तपुर
  • चितवन
  • सुर्खेत
  • मकवानपुर
  • बाँके
  • दाङ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?