१४ जेष्ठ २०८०, आईतवार

कांग्रेसमा लोकप्रियलाई टिकट

२०७४,आश्विन,११,बुधबार ०१:५९

0
Shares

काठमाडौँ, ११ असोज- नेपाली कांग्रेसले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छान्दा नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई टिकट दिने रणनीति बनाएको हो ।कांग्रेस नेता प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सुरु भइसकेको भन्दै नेतानिकटकालाई भन्दा पनि चर्चित व्यक्तित्व र लोकप्रियता प्राप्त व्यक्तिमा पार्टीले विशेष ध्यान दिने बताए, राजधानी दैनिकमा खबर छ ।कांग्रेसले मिति नै तोकेर वडा, क्षेत्र र जिल्ला हुँदै केन्द्रीय समितिलाई उम्मेदवारको सिफारिस गर्न भनेको हो । नाम सिफारिस गर्दा दुईवटै निर्वाचनका लागि एकैपटक पठाउन र तोकिएकै समयभित्र पठाउन कांग्रेसले आफ्ना स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०१:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९