चाडपर्वमा एन आई सी एशियाको ‘डिजिटल उत्सव’ योजना : भुक्तानीमा ५० प्रतिशतसम्म छुट !

काठमाडौं । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस चाडपर्वको समयमा ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्ने छन् ।

फाइदा नै फाइदाले भरिएको यस ऐतिहासिक योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ ।

कुन माध्यमबाट भुक्तानी गर्दा कति छुट ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?