काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।
यस मिस यूनिभर्सका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौदर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि रहको छ ।
यस MUN २०२० एप्लाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आइ ओ एस दुवैमा लन्च गरिएको छ । सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो ५००० प्रतियोगीहरुका १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।
यस प्रतियोगिताको घोषणा भएको ४८ घण्टामा १५०० भन्दा बढी प्रयोगकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया