२०७७, २८ आश्विन बुधबार १५:२६

कर्मचारीहरुमा कोरोना देखिएपछि पर्यटन बोर्ड सिल, फोटोहरु हेर्नुहोस्


प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार १५:२६

काठमाडौं । नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ ।

बोर्डमा गत असोज २५ र २६ गते केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा कोरोना संक्रमणको जोखिम भएकाले ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।

साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।

सिल गरिएको बोर्डको तस्वीरहरु हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस