काठमाडौं । जर्मनीका स्टार टोनी क्रुसले देशका लागि १०० खेलको कोशे ढुङ्गा पार गरेका छन् । उनले नेसन्स लिग फुटबल अन्तरगत स्विटजरल्याण्डसँग खेल खेल्दै आफ्नो १०० खेलको कोशे ढुङ्गा पार गरेका हुन् ।

यो सफलता प्राप्त गर्ने उनी जर्मनीका १२ औं खेलाडी बनेका छन् ।
नेसन्स लिग फुटबलमा जर्मनीले स्विटजरल्याण्डसँग बराबरी खेल खेलेको थियो । मंगलवार राति भएको खेलमा जर्मनीले स्विटजरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया