सभामुख सापकोटाद्वारा सांसद पहाडीको निधनप्रति दुख व्यक्त

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य सानु सिवा पहाडीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सांसद पहाडीको उपचारको क्रममा काठमाडौंको केएमसी अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको हो ।

सभामुख सापकोटाले सांसद पहाडीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति सम्वेदना व्यक्त गरेका छन् ।

संस्कृतिकर्मी समेत रहेकी सांसद पहाडीको उपचारको क्रममा बुधवार बिहान निधन भएको हो ।

उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।

उनको स्वास्थ्य समस्या थप जटिल बन्दै गएपछि काठमाडौंको केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

उनको केही वर्षअघि मिर्गौला फेरिएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको निधनप्रति दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?