बराबरी खेल खेल्दै जर्मनीले बाड्यो स्विटजरल्याण्डसँग अंक

काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनीले स्विटजरल्याण्डसँग बराबरी खेल खेलेको छ । मंगलवार राति भएको खेलमा जर्मनीले स्विटजरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

Preview: Germany vs. Switzerland - prediction, team news, lineups - Sports  Mole

खेलमा दुई पटक अग्रता लिएपनि अन्तिममा १० खेलाडीमा सिमित बनेको स्विटजरल्याण्डले अंक बाँड्यो । जर्मनीका टोनी क्रुसले १०० खेलको कोशे ढुङ्गा पार गरे । यो सफलता प्राप्त गर्ने उनी जर्मनीका १२ औं खेलाडी बने ।

Football: Germany still winless in Nations League after Swiss draw,  Football News & Top Stories - The Straits Times

स्विटजरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्विटजरल्याण्डलाई अघिल्लो चरण पुग्न जितको आवश्यकता रहेको थियो । तर तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?