काठमाडौं । आईपीएलको १३ औँ सीजनमा ५६ वटा गेम मध्ये आधा गेम सकिसकेका छन् । दोश्रो आफको पहिलो अर्थात् २९ औँ म्याच पनि सकिएको छ ।

जसमा चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबादबीच खेल भएको थियो । खेलमा चेन्नईले हैदराबादलाई २० रनले जित्यो ।

यसैबीच चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले बलिङ गरिरहेको फोटो भाइरल बनेको छ ।

उनले यो हिजो भएको खेलमा यो सीजनकै चौथो सबेभन्दा लामो छक्का प्रहार गरेका थिए । बल १०२ मीटर टाढा पुगेको थियो ।

यो भन्दा पहिला किंग्स एलेभन पञ्जावका निकोलस पूरनले सीजनको सबैभन्दा लामो १०६ मीटरको छक्का प्रहार गरेका थिए ।









एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया