नुवाकोटको बेलकोटगढीबाट गाई काटिरहेको अवस्थामा २ जना पक्राउ

नुवाकोट । नुवाकोटमा गाई काटिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नं ५ का ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार रहेका छन् ।

उनीहरुलाई बेलकोटगढी नगरपालिका-५ सार्कीथोकबाट मंगलवार राति जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले गाई काटिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गाई काट्नका लागि प्रयोग गरिएको २ थान खुकुरी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?