सानिमा बैंकले गर्‍यो १३.६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमध्ये १० प्रतिशत बोनस शेयर दिने बताइएको छ भने ३.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

१० प्रतिशतले बोनस वितरण गरेपछि कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँले वृद्धि हुनेछ । यसअधि पनि सानिमा बैंकले १० प्रतिशत बोनससहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सानिमा बैंकले लाभांस धोषणा गरेपछि बुधबार सानिमा बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् ।

कारोबार रकम, शेयर संख्या र कारोबार संख्याका आधारमा अग्र स्थानमा रहेको छ भने शेयर मूल्य पनि बढ्ने क्रममानै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?