काठमाडौं । प्रतिनिधि सभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ ।
संस्कृतिकर्मी समेत रहेकी सांसद पहाडीको उपचारको क्रममा बुधवार बिहान निधन भएको हो ।
उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।
उनको स्वास्थ्य समस्या थप जटिल बन्दै गएपछि काठमाडौंको केएमसी अस्पतालमा उपचार भइरहेको क्रममा निधन भएको हो ।
उनको केही वर्षअघि मिर्गौला फेरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया