काठमाडौं । दोश्रो पटक कोरोना संक्रमित भएकी ८९ वर्षीया महिलाको मृत्यु भएको छ ।
दोश्रो पटक कोरोना संक्रमण भएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
८९ वर्षीया डच दोश्रो पटक कोरोना संक्रमण भएर मृत्यु हुने विश्वकै पहिलो व्यक्ति हुन् ।
क्यान्सरको उपचार गराइरहेकी उनलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उपचारका क्रममा उनको निधन भएको हो ।
पहिलो पटक कोरोना संक्रमित भएर अस्पताल आउँदा उनमा खोकी र ज्वरो थियो । तर अस्पतालमा आएको ५ औँ दिनसम्म उनको शरीरबाट लक्षण हराए साथै उनको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
त्यसपछि घर फर्किएकी उनको ५९ दिन पछि कोरोना संक्रमण भएको थियो । त्यसपछि अस्पतालमा उपचार गराइरहँदा उनको निधन भएको हो ।
वैज्ञानिकहरुले हालै मात्र गरेको अध्ययनमा पनि दोश्रो पटक कोरोना हुनसक्ने तथ्य पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले गरेको अध्ययनमा एक पुरुषलाई गत अप्रिलमा निको भए पछि फेरि हालै मात्र पनि संक्रमित बनेको तथ्य बाहिरिएको थियो ।
योसँगै वैज्ञानिकहरुले दोहोर्याएर कोरोना नहुने भन्ने तथ्यलाई खारेज गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया