नेयमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित, पेरु स्तब्ध

काठमाडौं । विश्वकप छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले शानदार जित हात पारेको छ । बुधवार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-२ को गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलका लागि नेयमारले ह्याट्रिक गरेका थिए । खेलको ६ मिनेटमा आन्द्रे कारिलोको गोल गर्दै खेलमा पेरुलाई अग्रता लिएको थियो । त्यसपछि पेरुले खेलमा अग्रता जोगाउन नसक्दा हार आत्मासाथ गर्नुपर्‍यो ।

Peru vs Brazil live stream: Watch World Cup qualifying online - Sports  Illustrated

२८ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । ५९ औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए ।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए । बराबरीतर्फ उन्मुख खेलको ८३ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको जित तर्फ लगे ।

Brazil vs. Peru: CONMEBOL World Cup qualifying live stream, TV channel,  watch online on pay-per-view, odds - CBSSports.com

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सिमिति बनेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पुरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।
ब्राजिलले समूह चरणमा २ खेलबाट ६ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?