संक्रमित पुरुषको मृत्यु

मोरङ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलवार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।

मृतकलाई यही असोज १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?