सीजनमा चेन्नईको तेश्रो जित, हैदराबाद २० रनले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २९ औँ म्याचमा हिजो चेन्नई सुपरकिंग्सले सनराइजस हैदराबादलाई २० रनले हराएको छ ।

यो सीजनमा चेन्नईको ८ म्याचमा तेश्रो जित हो । यसका साथै चेन्नई अंक तालिकाको ६ औँ नम्बरमा पुगेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा १६८ रनको टार्गेट दिएको थियो । जवाफमा हैदराबादले ८ विकेट गुमाएर मात्र १४७ रन नै बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?