कोरोनाको प्रकोप : अमेरिकामा फेरि बढ्न थाले कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म १९ लाख ९० हजार ७५६ जनाको मृत्यु भएको छ भने ३ करोड ८३ लाख ५३ हजार ८४६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ८८ लाख ४६ हजार ५८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९ हजार ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख २० हजार ८७३ जनाको मृत्यु भएको छ भने ८० लाख ९० हजार २५३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५२ लाख २६ हजार ४२७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २६ लाख ४२ हजार ९५३ जना उपचाररत छन् ।

त्यस्तै १५ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ६५६ जनाको मृत्यु भएको छ भने ८ लाख ६२ हजार १२४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १७ हजार १९६ जनाको मृत्यु भएको छ भने ८ लाख ४५ हजार ६५६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ लाख ३८ हजार ७४९ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ५३४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा मंगलवार मात्रै ५१ हजार ५३४ जना संक्रमित थपिएका छन् भने ८४३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?