गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यही असोज १८ गते कोरोना संक्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीशहर नगरपालिका वडा नं २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए ।
प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ संक्रमित रहेको अस्पतालले जनाएको छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया