चितवन । जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया