मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रेका टीकाबल्लभ सापकोटालाई नियुक्त गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी ४ वर्षका लागि सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।
यसैगरी उक्त बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । बैठकले भैसे–भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकताको रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया