काठमाडौं । अमेरिकामा शोधकर्ताहरुले कोरोना भाइरसबाट पुनः संक्रमित भएको पुष्टि गरेका छन् ।
एक पटक संक्रमण भईसकेका व्यक्ति पनि फेरि संक्रमण भएको पाइएको हो ।
यस केस पुष्टि भएसँगै एक पटक कोरोना भएपछि फेरि नहुने दाबी खारेज गरिएको छ ।
रिपोर्टका अनुसार अमेरिकाको नोवाडा राज्यमा वाशो काउन्टीमा बस्ने २५ वर्षीय पुरुष अप्रिलको मध्य तिर संक्रमित भएका थिए ।
हाल फेरि उनी कोरोना संक्रमित बनेका हुन् । यसपटक भने उनको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ ।
उक्त व्यक्ति २५ मार्चमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १८ अप्रिलमा रिपोर्ट पोजेटिभ आएको थियो । फेरि २८ मेमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया