धनगढी, ३ चैत । विप्लव नेतृत्वका नेकपाले कैलाली जिल्ला बन्द गरेका छन् ।कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाल चौधरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले आफ्नो कार्यकर्तालाई पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार कैलाली जिल्ला बन्द गराएका हुन् ।बन्दको प्रभावका कारण यातायातका साधन चलेका छैनन् भने बजार पनि पूर्णरुपमा बन्द छन् । गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानेका थिए । घाइते मेयर चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना कार्यकर्तालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् ।यद्यपि विप्लव समूहका कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति निकालेर मेयर चौधरीमाथि भएको आक्रमणमा नेकपाको संलग्नता नभएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया