निजी क्षेत्रको सहकार्यमा आर्थिक विकास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्र तथा प्रदेश सरकारको सहकार्य र साझेदारीमा गुणात्मक प्रगति हासिल गर्न सकिने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीले आयोजना गरेको ‘संघीयतामा समृद्धि स्मारिका २०७७’ विमोचन कार्यक्रमा मुख्यमन्त्री गुरुङले आर्थिक विकासमा निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै प्रदेश सरकारको नीति निर्माण र लगानी प्रवर्द्धनमा निजीक्षेत्रसँग सहकार्य गरिने बताए ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले अबको समयमा उत्पादकमुलक अर्थतन्त्र निर्माणका लागि सबै क्षेत्र अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रममा चेम्बर पोखराका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको समृद्धिसँग जोडेर स्मारिका प्रकाशन गरेको जानकारी दिए । संस्थाका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका प्रकाशन समितिका संयोजक गीता तिवारी गौतमले संघीयतासँगै चेम्बर दिवस २०७७ तथा नेपाल चेम्बर अफ कमर्सको वर्ष प्रवेशको अवसरमा स्मारिका प्रकाशन गरेको र स्मारिकाले समृद्धिका विविध विषयलाई समेटेको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?