काठमाडौं, ३ चैत – सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ। साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्याइएको हो।अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय थिए। सरकारले संघीय फोरमलाई सरकारमा ल्याउनुपर्ने बाध्यताका कारण मन्त्रालय फुटाएको बताएको छ। तर एउटा मन्त्रालय थप गर्दा वार्षिक एक करोडभन्दा बढी आर्थिक व्ययभार थपिने गर्छ। पदीय भागबन्डा पुर्याउनकै लागि तीनवटा मन्त्रालय थप्ने निर्णय गरेसगै राज्यले वार्षिक तीन करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको प्रशासकहरूले बताएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।फुटाइएका मन्त्रालय यी हुन् :शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद :१. शिक्षा, २. विज्ञान तथा प्रविधि, ३. युवा तथा खेलकुदश्रम तथा रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा :१. श्रम तथा रोजगार, २. महिला बालबालिका तथा सामाजिक सुरक्षाखानेपानी तथा सहरी विकास :१. खानेपानी, २. सहरी विकास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया