काठमाडौं । एसएस राजमौली दक्षिण भारत फिल्म इण्डस्ट्रीमा चर्चित नाम हो । बाहुबलीको ऐतिहासिक सफलता पाएपछि उनी बलिउड इण्डस्ट्रीमै चर्चित बने ।
उनको बाहुबली २ को हिन्दी भर्जनले ५१०.९९ करोड रुपैयाँ कलेक्शन गरेका थिए ।
अहिलेसम्म उनको फिल्म जति कुनै हिन्दी फिल्मले कमाएका छैनन् । यसैबीच राजामौलीले यसबेला आरआरआर नामक फिल्म बनाइरहेका छन् ।
यसमा एनटी रामराव जूनियर, रामचरण र आलिया भाट लीड रोलमा छन् । अजय देवगण पनि यसमा सानो रोलमा देखिनेछन् ।
फिल्मको कहानी स्वतन्त्रता सेनानिहरुले अंग्रेजहरुसँगको युद्ध लडेको रहेको छ । यो फिल्म तेलेगुमा बनाइएको छ ।
फिल्मको बजेट ३५० बाट ४०० करोडको बीचमा रहेको छ । भारतीय सञ्चामाध्यमका अनुसार स्टार नेटवर्कले फिल्मको टिभी र डिजिटल राइट्स किनेको छ ।
यसको लागि उसले २०० रुपैयाँ खर्च गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया