काठमाडौं । नेपालमा मलको हाहाकार भएको कारण बंगलादेशबाट पैंचोमा ल्याउने भनिएको ५० टन युरिया मल अझै प्रक्रियामै अड्किएको छ । गत भदौ १६ गते नेपालले बंगलादेशसँग ५० हजार टन युरिया मल पैंचो मागेको थियो ।
बंगलादेशले एउटा ’मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयू) गर्न चाहेकाले मल ल्याउन ढिलाइ भएको छ । नेपालले उक्त युरिया मल ल्याउन टेन्डर आह्वान गरेर पनि आयातकर्ता छनोट गरिसकेको थियो ।
बंगलादेशले पनि ५० हजार टन मल दिने आश्वासन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गर्दै ५० हजार टन युरिया मल पठाइदिन आग्रह गरेका थिए ।
कागजी प्रक्रियाका कारण मल ल्याउन समय लम्बिएको छ । जस्ले गर्दा नेपाली किसानले अझै मल पाएका छैन्न । समयमा मल नआउँदा मलको समस्या त अथावतनै रहेको छ भने कृषकको चिन्ता झन् बढे्को छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया