नेपालमा कोरोना अपडेट : १२ लाख पीसीआर परीक्षण हुँदा १ लाख १५ हजार संक्रमित

काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएसँगै हालसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण भएको छ । आज काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी उपत्यकाभित्र २ हजार १ सय २९ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ९६, प्रदेश नम्बर २ मा ७ सय ७६, बागमती प्रदेशमा ९ हजार ९ सय ५० र गण्डकी प्रदेशमा ५ सय ६७ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ६०, कर्णाली प्रदेशमा ५ सय ४८ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ गरी देशभरी १५ हजार ४८ जना संस्था आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ५ सय ३ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ८ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार १ सय ११, बागमती प्रदेशमा ३० हजार ४ सय २९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ९० जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ९ सय ७९, कर्णाली प्रदेशमा ३ हजार ४ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ३९ गरी देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्चार्ज भएका छन ।

हालसम्म नेपालको एक जिल्ला मात्र कोरोना संक्रमण मुक्त भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार अनुुसार मनाङमा एक जना पनि कोरोना संक्रमित रहेका छन् । त्यस्तै काठमाडौं लगायत ११ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित उपचाररत रहेका छन् । ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, सुनसरी, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?